खेलकुद

बोर्डर–गवास्कर सिरिज : अष्ट्रेलियाद्वारा भारतलाई ३२७ रनको लक्ष्य

ब्रिसबेन । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारतविरुद्धको चौथो तथा निर्णायक टेष्टमा अष्ट्रेलियाले ३ सय २८ रनको लक्ष्य दिएको छ ।

खेलको चौथो दिन चिया सत्रपछि अष्ट्रेलिया २ सय ९४ रनमा अलआउट हुँदै भारतलाई ३ सय २८ रनको विशाल लक्ष्य दिएको हो ।

पहिलो इनिङ्समा ३३ रनको झिनो अग्रता लिएको अष्ट्रेलिया गब्बामा ३२ खेलमा तेस्रो पटक दुवै इनिङ्समा अलआउट भएको हो ।

अष्ट्रेलियाका लागि पूर्वकप्तान स्टेभन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिए । यस्तै, डेविड वार्नरले ४८, मर्कूृृस ह्यारिसले ३८, क्यामरोन ग्रिनले ३७, प्याट कमिन्सले नटआउट २८, कप्तान टिम पेनले २७ तथा मर्नुस लबुसचेनले २५ रनको पारी खेले ।

भारतका मोहम्मद सिराजले ५, शार्दुल ठाकुरले ४ तथा वासिङ्गटन सुन्दरले एक विकेट लिए ।

अष्ट्रेलियाले पहिलो पारीमा मुर्नस लबुसचेनको शतकीय पारीको मद्धतमा ३ सय ६९ रन बनाएको थियो ।

भारतले पहिलो इनिङ्समा ३ सय ३६ रन बनाउन सकेको थियो ।

दुई टोलीबीचको पहिलो र दोस्रो खेलमा अष्ट्रेलिया र भारत समान ८–८ विकेटले विजयी भएको थियो भने तेस्रो खेल ड्र भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *