खेलकुद

आर्मीद्वारा कर्णाली प्रदेशलाई १९६ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १९६ रनको लक्ष्य दिएको छ ।


टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४३.१ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।

आर्मीका लागि अनिल मण्डलले सर्बाधिक ८९ रन बनाए भने कप्तान विनोद भण्डारीले ४१ रन बनाए । त्यस्तै राजेश पुलामी मगरले १६ र लोकेश बमले १३ रन बनाए ।त्यस्तै रोहित पौडेलले ११ र हरी चौहानले ७ रन बनाए ।

त्यस्तै कर्णालीका बलर दिनेश अधिकारी, राज शाह, दिवान पुनले २-२ विकेट लिए भने अनुज चुनारा, उनिश सिंह र रविन्द्र शाहीले एक एक विकेट लिएका थिए ।

आर्मीले यस अघि खेलेको पहिलो खेलमा जित हासिल गरेको छ भने कर्णालीको यो पहिलो खेल हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *