खेलकुद

प्रधानमन्त्री कप : प्रदेश १ माथि एपिएफको जित

काठमाडौं ।राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले विजयी सुरूआत गरेको छ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार प्रदेश-१ लाई १३५ रनले हराउँदै एपिएफले विजयी सुरूआत गरेको हो।

एपिएफले जितका लागि दिएको २४३ रनको लक्ष्य पछयाएको प्रदेश १ ४२.४ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटियो।

प्रदेश १ का लागि मनिष थापाले सर्वाधिक १८ रन बनाए। प्रदेश १ लाई सस्तैमा रोक्न एपिएफका अभिनाश बोहोराले सर्वाधिक ५ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४३ रन बनाएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *