खेलकुद

पिएम कपमा एपीएफद्वारा प्रदेश १ लाई २४४ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट कप प्रतियोगिता अन्तर्गत एपीएफले प्रदेश १ लाई २४४ रनको लक्ष्य दिएको छ ।


टस हारेर पहिला ब्याटिंग गरेको एपीएफले ४८.४ ओभरमा अल आउट हुदै २४३ रन बनाएको हो ।

एपीएफका लागि असिफ सेखले सर्बाधिक ५९ रन बनाएका थिए । त्यस्तै बसन्त रेग्मीले ४० रन बनाए भने सन्दीप जोराले ३०, कप्तान शरद भेस्वाकरले २०, सुबाश खकुरेलले १९, सुमित महर्जनले १४ रनको योगदान दिएका थिए ।

त्यस्तै प्रदीप ऐरी र भुवन कार्कीले ७-७ रन बनाए भने कमल सिंह ऐरीले ५ रन बनाए । त्यस्तै किशोर महतोले १९ रन बनाए भने अविनाश बोहोराले ६ रन बनाएका थिए ।

त्यसैगरी प्रदेश १ का बलर फिर्दोस अन्सारी, दिपेस कँडेल, श्रवण यादव र हेमन्त राईले २-२ विकेट लिएका थिए । त्यस्तै सोनु मण्डल र जोसाक खड्काले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *