काठमाडौं । युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो स्थानमा उक्लिएका छन् ।
ब्याडमिन्टनको विश्व महासंघले हालै सार्वजनीक गरेको नयाँ वरियतामा ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् ।
वरियताको पहिलो र दोस्रो स्थानमा क्रमश भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् ।
प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुलो सफलता हात पारेका हुन् । ब्याडमिन्टनको इतिहासमा प्रिन्सले प्राप्त गरेको सफलतानै नेपालका लागि पहिलो हो ।




