खेलकुद

प्रधानमन्त्री कपः विनोद भण्डारीको शतक

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा आर्मीका कप्तान विनोद भण्डारीको सानदार शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध भण्डारीले शतक प्रहार गरेका हुन् । भण्डारी ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।

उनको सतकसँगै आर्मीले गण्डकीलाई ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बलियो लक्ष्य दिएको छ । आर्मीका लागि राजु रिजालले ४५ रन बनाउँदा लोकेश बम ४२ र राजेश पुलामी मगर ३८ रनमा आउट भए ।

विशाल पौडेल र कप्तान बिपिन खत्रीले २/२ विकेट लिए । दीपेश खत्री र चन्द्रकान्त पौडेलले १/१ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *