खेलकुद

हुम्लामा फुटबल प्रशिक्षण फागुनदेखि

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ ।

जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल एकेडमीका सचिव बुद्धि बहादुर रोकायाले जानकारी दिए ।

जिल्लाका आठ देखि २५ वर्ष उमेर समूहका व्यक्तिलाई सशुल्क रुपमा फुटबल प्रशिक्षण सुरु गर्न लागिएको सचिव रोकायाले जानकारी दिए । खेलका लागि टिम दर्ता गराएका महिला तथा पुरुषलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने, राम्रो खेलाडीलाई विभिन्न राष्ट्रियस्तरका क्लबमा आबद्ध गर्न पहल गरिने र विभिन्न ठाउँमा हुने प्रतियोगितामा आफ्नो जिल्लाको प्रतिनिधित्व गराउने लक्ष्यका साथ प्रशिक्षण सुरु गर्न लागिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *