टेष्ट च्याम्पियनसीप अन्तर्गत श्रीलंका र इंग्ल्यान्डबीचको पहिलो टेष्ट गालेमा सुरु भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले खराब प्रर्दशन गरेको छ । श्रीलंकाले पहिलो दिनको चिया सत्र अघि अलआउट हुँदै १ सय ३५ रन मात्र बनाउन सक्यो ।
दिनेश चन्डिमलले २८, एन्जेलो म्याथुजले २७, दसुन सनकले २३, कुशल परेराले २० तथा वनिन्दु हसरङ्गले १९ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेखनीय योगदान दिएनन् ।
इंग्ल्यान्डका डोमिनिक बेसले ५, स्टुवार्ड ब्रोडले ३ तथा ज्याक लिचले एक विकेट लिए ।




