खेलकुद

भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई

रुपन्देही । जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् ।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका थिए ।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले एक घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले एक घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।

यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारिन् । उनले एक घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गरेकी थिइन् ।

सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले एक घण्टा ३६ मिनेट पाँच सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने गोरख दल गण पाल्पाकी मिनिसा थापा एक घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *