खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक भएको छ । नेपा क्रिकेट संघ, क्यानले आगामी माघ २ गतेदेखि १७ गतेसम्म हुने खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा ७ वटा प्रदेशसहित १० टोली सहभागी हुँदैछन् । प्रतियोगितामा प्रदेशगत टिमसहित त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस पनि सहभागी भएका हुन् ।

प्रतियोगिताको उद्घाटन आर्मी र गण्डकी प्रदेशबीचको खेलबाट हुनेछ । प्रतियोगिताका लागि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदान प्रयोग हुनेछन् । पहिलो खेल कीर्तिपुरमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *