खेलकुद

सन्दीप लामिछाने सबैभन्दा महंगो क्याटगोरीमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य एवं लेग स्पिन सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा प्लाटिनम क्याटगोरीमा परेका छन् । पिएसएलले मंगलबार एक ट्वीट गर्दै उक्त कुराको जनाकारी दिएको हो ।

१० जनवरीमा हुने ड्रफ्टको विदेशी खेलाडीतर्फ प्लाटिनमा क्याटगोरीमा सन्दीपसहित वेष्ट इन्डिजका क्रिस गेल, कार्लोस ब्राथवाइट, इविन लेविस, ड्वेन ब्रोबो र लेण्डल सिमोन्सगरी पाँच जना खेलाडी रहेका छन् ।

यस्तै, दक्षिण अफ्रिकाका ७, इंग्ल्यान्डका ५, अफगानिस्तानका ३, श्रीलंकाका २ तथा अष्ट्रेलियाका र बंगलादेशका एक/एक गरी २५ जना रहेका छन् ।

सन्दीपले २०१९ मा लाहोर क्वालन्दरमा आवद्ध भइ पिएसएलमा डेब्यु गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *