काठमाडौँ । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिएका छन् ।
होबर्ट हुरीकेन्समा आबद्ध रहेका सन्दीपले मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका हुन् । ६ रनमा खेलिरहेका म्याक्सवेललाई सन्दीपले एलबीडब्लुको सिकार बनाउँदै पेभेलियन फर्काए । हाल खेल जारी छ । यसअघि पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।




