खेलकुद

प्रदेश नम्बर १ ले जित्यो प्रधानमन्त्री क्रिकेट कप

काठमाडौं । प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतवार भएको फाइनलमा विभागीय टिम एपीएफलाई पराजित गर्दै प्रदेश १ ले उपाधि कब्जा गरेको हो ।

१०६ रनको लक्ष्य पछ्याएको एपीएफले सात विकेट गुमाएर ९९ रन मात्र बनायो । ओपनर ज्योति पाण्डेले १४ रन बनाएको ईनिङ्समा राजमती ऐरी शून्य रनमा आउट भईन् । इन्दु वर्माले ७, सरिता मगरले ६ रन बनाइन् ।

ममता चौधरी र करुणा भण्डारीले छैटौ विकटका लागि ६४ रनको योगदान गर्दै एपीएफलाई जितको नजिक पुर्याएका थिए । तर अन्तिम ओभरमा सम्हालिन नसक्दा एपीएफ पराजित बन्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *