खेलकुद

रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। सेल्टाभिगोमाथि सहज विजय हासिल गर्दै रियाल पुनः शीर्षस्थानमा उक्लिएको हो ।

शनिबार राति भएको खेलमा मार्को असेन्सियोको पासमा लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाए।

५३औं मिनेटमा भाजक्वेजकै पासमा असेन्सियाले अर्को गोल थपेपछि रियालले महत्त्वपूर्ण तीन अंक पक्का गर्‍यो।

रियालले १७ खेलबाट ३६ अंक जोडेको छ, जुन दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा एक अंकले आगाडि हो। १७ खेलबाट २३ अंक जोडेको सेल्टा भिगो आठौं स्थानमा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *