काठमाडौँ । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
दाङको लमहीमा जारी प्रतियोगितामा समूह ‘बी’ मा रहेको सुदुरपश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।
१०८ रनको लक्ष्य पछ्याएको गण्डकी २० ओभरमा ६ विकेट गुमाएर मात्र ४८ रनमै समेटियो । गण्डकी प्रदेशका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित ६ रनबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
गण्डकीलाई रोक्न सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र लक्ष्मी साउदले १-१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा उत्रिएको सुदरपश्चिम १९.३ ओभरमा सबैविकेट गुमाएर १०७ रन बनाएको थियो। सुदुरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २७ रन बनाउँदा कप्तान विन्दु रावलले १३ तथा मञ्जु बोगटीले १० रन जोडिन्।
बलिङ तर्फ गण्डकीका लागि श्रृष्टि पौडेल र एलिसा लामिछानेले सर्वाधिक तीन ३/३ विकेट लिँदा अञ्जली विश्वकर्मा, कुशुम गोदार र ज्योत्स्निका मरासिनीले समान १/१ विकेट लिए।




