काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा अब १० टिम खेल्ने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले २०२२ को आइपिएलदेखि १० टिमलाई खेलाउने निर्णय गरेको हो । विश्वकै नम्बर एक टी-२० क्रिकेटको लिग आइपिएलमा अहिले ८ टिमले प्रतिष्पर्धा गर्दै आएका छन् ।
बिसीसीआईको बार्षिक साधारण सभाले आइपिएल १० टिम खेलाउने अनुमति दिएको बताइएको छ ।
यस बर्षको आइपिएल कोरोना महामारीका कारण अघिल्लो महिना युएईमा सकिएको थियो । २०२१ को आइपिएल मार्च-अप्रिलमा हुने विश्वास व्यक्त गरिएको छ ।




