खेलकुद

सोमपाल, करण र कुशलले टी-टेन लिग खेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् ।

युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् ।

बुधबार भएको ड्राफ्ट अनुसार राष्ट्रिय क्रिकेट टिमका फस्ट बलरद्धय सोमपाल कामी र करण केसी तथा अलराउण्डर कुशल मल्ललाई टी–टेनका टिमले अनुबन्धन गरेका हुन् ।

सोमपाललाई मराठा अरबियन्सले, करणलाई पुने डेभिल्स र कुशललाई अबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका हुन् ।

तीनै जना खलाडी पहिलो पटक टी–टेनमा अनुबन्धन भएका हुन् ।

सोमपालले यसअघि समेत विदेशी फ्रेन्चाईज टिममा सहभागी बनिसकेका छन् । करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा अनुबन्धन भएका हुन् ।

यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागीता जनाईसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *