खेलकुद

रोनाल्डोले जिते २०२० को गोल्डेन फुटबल अवार्ड

काठमाडौँ।पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले २०२० को गोल्डेन फुटबल अवार्ड जितेका छन् । वर्ल्ड च्याम्पियन्स क्लबले सफल करियर भएका २८ वर्ष माथिका खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ ।

३५ वर्षीय रोनाल्डोलाई डिसेम्बर १ मै उक्त अवार्डको विजेता भनेर जानकारी गराइसकेको थियो र उनले झण्डै तीन सातापछि उक्त अवार्ड प्राप्त गरेका हुन् ।

गोल्डेन फुट अवार्डका विजेता खेलाडीका फुटप्रिन्ट मोनाकोमा राखिँदै आएको छ । रोनाल्डोले यस अवार्डको १८औं विजेता हुन् । यो अवार्ड एक खेलाडीले एक पटक मात्र पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *