खेलकुद

एक खेल अगावै न्युजिल्यान्डलाई टी–२० सिरिज

ह्यामिल्टन । पाकिस्ताविरुद्धको दोस्रो टी–२० मा न्युजिल्यान्ड विजयी भएको छ । जितसँगै न्युजिल्यान्डले तीन खेलको टी–२० सिरिजमा एक खेल अगावै २–० ले कब्जा जमाएको छ ।

आइतबार भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानले दिएको १ सय ६४ रनको लक्ष्य चार बल बाँकी रहँदा एक विकेटको क्षतिमा पुरा गर्दै ९ विकेटको फराकिलो जित हासिल गरेको हो ।

न्युजिल्यान्डको जितमा टिम सेफर्ड र केन विलियम्सनले १ शतकीय रनको साझेदारी गरे । उनीहरुले १ सय २९ रनको नटआउट साझेदारी गरेका थिए । सेफर्डले ६३ बलमा ३ छक्का र ८ चौकासहित ८४ तथा विलियम्सनले ४२ बलमा एक छक्का र ८ चौकाको मद्धतमा ५७ रनको योगदान दिए । यस्तै, मार्टिन गुप्टिलले ११ बलमा २ छक्का र १ चौकासहित २१ रनमा आउट भए ।

ह्यामिल्टनस्थित, सेडोन पार्कमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा १ सय ६३ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद हफीजले नटआउट ९९ रन बनाए । ५७ बल खेलेका हफीजले ५ छक्का र १० चौकासहित ९९ रन बनाएका थिए । उनी शतक प्रहार गर्नबाट एक रनले चुके ।

यस्तै, मोहम्मद रिजवानले २२, खुशदिल साहले १४ तथा इमाद वासिमले १० रनको पारी खेले ।न्युजिल्यान्डका टिम साउथीले ४ तथा जेम्स नीसम र इश सोधीले एक–एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *