खेलकुद

पारस टीम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त

काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त भएका छन् ।

टी-टेन क्रिकेट टीम आबुधाबीले पारसलाई नयाँ सिजनको लागि इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त गरेको हो । पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टि टेनमा खेल्ने अवसर समेत प्रदान गर्नेछन् । गत सिजन पारसले टीम अबुधाबीका लागि खेलेका थिए ।

यस्तै, पारसले पनि टीम आबुधाबीको नयाँ भूमिकाबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान ट्वीट गर्दै पारसले भनेका छन्, ‘टीम अबुधाबीसँगको नयाँ भूमिकालाई लिएर उत्साहित छु । आशा छ, क्रिकेटिङ टाईअपबाट अन्तर्राष्ट्रिय लेभलमा नेपाली क्रिकेट विकास गर्न सकिन्छ । र टीम आबुधाबी मार्फत हाम्रा क्रिकेटरका लागि अवसर प्राप्त गर्न सकिनेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *