खेलकुद

अष्ट्रेलियाको विजयी सुरुवात, भारत ८ विकेटले पराजित

काठमाडाैं । टेष्ट च्याम्पियनसीप अन्तर्गत भारतविरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया विजयी भएको छ । टेष्टको तेस्रो दिन भारतले दिएको ९० रनको लक्ष्य २१ ओभरमा पुरा गर्दै विजयी सुरुवात गरेको हो । जितसँगै घरेलु टोली अष्ट्रेलियाले ४ खेलको टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

पहिलो पारीमा ५३ रनले पछि परेको अष्ट्रेलियाले दोस्रो इनिङसमा भारतलाई ३६ रनमा समेट्दै ९० रनको लक्ष्य पाएको थियो ।अष्ट्रेलियाको जितमा जोय ब्रुन्सले नटआउट ५१ तथा म्याथ्यु वेडले ३३ रनको योगदान दिए ।

टेष्टको तेस्रो दिन एक विकेटको क्षतिमा ९ रनबाट पारीको सुरुवात गरेको भारतले २७ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । दोस्रो इनिङ्समा भारतका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका मयंक अग्रवालले ९, हनुमा विहारीले ८, पृथ्वी शाँ, विराट कोहली, ऋद्धिमान साह र उमेश यादवले समान चररचार रन जोडे ।

अष्ट्रेलियाका जोस हेजलवूडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।टेष्टको दोस्रो दिन भारतलाई २ सय ४४ रनमा समेट्दै पारीको सुरुवात गरेको घरेलु टोली अष्ट्रेलियाले ७२.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका टिम पेनले सर्वाधिक नटआउट ७३ रनको योगदान दिए । यस्तै, मर्नुस लबुसचेनले ४७, मिचेल स्टार्कले १५, क्यामरन ग्रिनले ११ तथा नाथान लियोनले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा १ सय ९१ रनमा समेटिएको हो ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका रविचन्द्रन आश्विनले ४, उमेश यादवले २ तथा जस्प्रीत बुम्राहले दुई विकेट लिए ।यसअघि भारतले पहिलो इनिङ्समा २ सय ४४ रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *