काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रलियाका देवनेल फ्रेडरिक (दाव) वाटमेर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले उनलाई नियुक्त गरेको हो ।
यसअघि श्रीलंकासहितका ठूला टिमको मुख्य प्रशिक्षक रहिसकेका वाटमेरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एकदिवसीय विश्वकपको उपाधिसमेत जितेको थियो ।





