प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी उल्भ्ससंग स्तब्ध बनेको छ ।गएराति भएको खेलमा उल्भ्सले घरेलु मैदानमा चेल्सीलाई २–१ ले हराएको हो ।
सुरुवाती अग्रतालाई जोगाउन नसक्दा चेल्सीले पुन घरेलु लिगमा हार ब्यहोरेको हो ।खेलमा अग्रता चेल्सीले ओलिभर जिराउडको गोलमा लिएको थियो । वेन चिलवेकको पासलाई सदुपयोग गर्दै जिराउडले लण्डन क्लबलाई अग्रता दिलाएका थिए ।
घरेलु टोली उल्भ्सका ड्यानियल पोडेन्सले ६६ औं मिनेटमा खेल बराबरीमा ल्याए ।दोस्रो हाफको ईन्जुरी समयमा पेड्रो नेटोले गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे ।
चेल्सी घरेलु लिगमा लगातार दुई खेलमा पराजित भएको छ ।हारसँगै चेल्सी २२ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ । उल्भ्स २० अंक सहित शीर्ष १० मा उक्लिन सफल बन्यो ।




