खेलकुद

युरोपा लिगको ड्र सार्वजनिक

यूईएफए युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक भएको छ । यूईएफएले सोमबार अन्तिम ३२ को ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडले स्पेनिस क्लब सोसिडाडसँग खेल्ने भएको छ । यस्तै अर्को प्रिमियर लिग क्लब आर्सनलले पोर्चुगिज क्लब बेन्फिकासँग खेल्नेछ । ड्र अनुसार टोटेनहमले अस्ट्रियन क्लब वुल्फ्सबर्गरसँग खेल्दा लेष्टर सिटीले स्लाभिया प्राग्वेसँग खेल्नेछ ।

इटालियन क्लब एसी मिलानले रेड स्टार बेलग्रेडसँग खेल्नेछ । अर्को इटालियन क्लब नापोलीले स्पेनको ग्रानडासँग खेल्नेछ । त्यस्तै आयाक्सले लिलसँग खेल्नेछ । अन्तिम ३२ को पहिलो लेग फेब्रुवरी १८ र दोस्रो लेग खेल २५ फेब्रुवरीमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *