काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्बजनिक भएको छ ।
सोमबार भएको अन्तिम १६ को ड्रमा बार्सिलोना पिएसजीसँग खेल्ने भएको छ । त्यस्तै अन्य ड्रहरुमा म्यानचेस्टर सिटी मोन्चेग्लाडवाचसँग परेको छ ।
अन्तिम १६ का खेल होम एण्ड अवेका आधारमा खेलिने छ । जसमा पहिलो लिगका खेल फेब्रुअरीमा हुने छ भने दोस्रो लिगका खेल मार्चमा हुने छ । त्यस्तै च्याम्पियन्स लिगको क्वाटरफाइनल र सेमिफाइनलको ड्र मार्च १९ मा हुने छ ।
अन्तिम १६ को ड्रमा को कुन क्लबविरुद्ध खेल्दै छ –
१) म्यानचेस्टर सिटी भर्सेज मोन्चेग्लाडवाच
२) लाजियो भर्सेज बायर्न म्युनिख
३) एटलेटिको म्याड्रिड भर्सेज चेल्सी’
४) आरबी लेइपजिंग भर्सेज लिभरपुल
५) पोर्टो भर्सेज युभेन्टस
६) बार्सिलोना भर्सेज पिएसजी
७) सेभिया भर्सेज डोर्टमण्ड
८) एटलान्टा भर्सेज रियल म्याड्रिड




