खेलकुद

मड्रिड डर्बीः रियलको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविकको विजेता रियल मड्रिडले जित दर्ता गरेको छ ।

शनिबार राति भएको मड्रिड डर्बीको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा कासेमिरोले एक गोल गरेका थिए भने एक गोल उपहास्वरुप पाएको थियो ।

खेलको सुरुवात अर्थात् १५ मिनेटमा कासेमिरोको गोलबाट रियलले अग्रता लिएको थियो । त्यसपछि दोस्रो हाफको ६३ औं मिनेटमा एथ्लेटिकोका गोलरक्षक जान ओब्लाकले आत्मघाती गोल गरेसँगै रियलले २-० को जित निकाल्न सफल भएको हो । ड्यानी कार्भाजलले गरेको प्रहार गोलरक्षक ओब्लाकको ढाडमा लागेर गोल भएको थियो ।

जितसंगै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रियलले १२ खेलमा २३ अंक जोेडेको छ । यस्तै, एट्लेटिकोले भने सिजनको पहिलो हार चाखेको छ । एट्लेटिकोले ११ खेलमा २६ अंक जोड्दै शिर्ष स्थानमा कायमै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *