खेलकुद

अब महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ ।

विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो । यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ हजार दिँदै आएको थियो । एन्फाले पुरुषको पनि तलब ३ हजार रुपैयाँ बढाएर १८ हजार पु-याएको हाे ।

लामो समयदेखि महिला र पुरुष फुटबलरको तलब समान हुनुपर्ने विषयमा आवाज उठ्दै आएको थियो । साथै फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढेर मासिक १० हजार रुपैयाँमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *