काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आगामी साता अष्ट्रेलिया जाने भएका छन् ।
सन्दिपका म्यानेजर रमेश सिवाकोटी सन्दीप खेलमा सहभागी हुन मंसिर ३० गते अष्ट्रेलिया जाने जानकारी दिएका हुन । सन्दीपले यो सिजन होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् । सन्दीप पुस एक गते अस्ट्रेलियाको एडिलेट पुगेर १४ दिनको क्वारेन्टिनपछि लिगमा सहभागि हुनेछन ।
बिग बासको नयाँ सिजन बिहीबारबाट सुरु भैसकेको छ । सो क्रममा सन्दीपले शुरुवाती छ वटा खेल गुमाउनेछन । होबर्टका अन्तिम ८ खेलमा भने उनी सहभागी हुने सम्भावना छ । सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । उनले तेस्रो पटक लिगमा खेल्न लागेका हुन ।




