काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिग आजदेखि शुरु भएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने खेल्ने टिम होबार्ट हुरीक्यान्सले लिगको पहिलो खेलमा विजयी शुरुवात गरेको छ ।
आज भएको पहिलो खेलमा हुरीक्यान्सले डिफेन्डिङ च्याम्पियन सिड्नी सिक्सर्सलाई १५ रनले पराजित गरेको हो ।
हुरीक्यान्सले दिएको १७९ रनको लक्ष्य पछाएको सिड्नीले २० ओभरमा ६ विकेट गुमाउदै १६२ रन मात्र बनाएपछि खेल हुरीक्यान्सले १६ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हुरीक्यान्सले २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।
बिग बाश लिग खेल्न सन्दीप भने आगामी मंगलबार मात्र अस्ट्रेलियातर्फ जादै छन् । अस्ट्रेलियामा १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था रहेकाले सन्दीपले जनवरीदेखि मात्र खेल्ने भएका छन् । सन्दीपले यस सिजनका सुरुवातका ६ खेल गुमाउने भएका छन् ।




