खेलकुद

बार्सिलोनाको गोलपोस्टमा युभेन्टसको तीन गोल

एजेन्सी । मंगलबार रातिको च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना र युभेन्टसबीचको खेललाई निकै महत्वका साथ हेरिएको थियो । बार्सिलोनाको कप्तान लियोनल मेस्सी र युभेन्टसको क्रिस्टियानो रोनाल्डो भएकाले पनि सबैले व्यग्रताका साथ हेरेका थिए ।

तर, खेल युभेन्टसले एक पक्षमा खेल्दै बार्सिलोनालाई ३–० ले पराजित गरेको छ । जीतसँगै युभेन्टस समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

युभेन्टसका लागि रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका हुन् । उनले १३ र ५२ औँ मिनेटमा गोल गरे भने २० औँ मिनेटमा युभेन्टसका लागि वेस्टन म्याकेनीले गोल गरे । बार्सिलोना सन् २०१६ यता पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएको हो ।

मंगलबारको जितपछि हेड टू हेडमा बार्सिलोनलाई पछि पारेर समान १५ अंक भए पनि युभेन्टस समूह विजेता बन्यो । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *