खेलकुद

म्यानचेस्टर युनाईटेडको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।

गएराति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामविरुद्ध पुनरागमन गर्दै ३-१ को शानदार जित निकालेको हो ।

वेस्ट ह्यामको मैदानमा एक गोलले पछि परेपनि युनाईटेडले उत्कृष्ट पुनरागमन गरेको थियो ।

पहिलो हाफको ३८ औं मिनेटमा थोमस सौसेकले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६८ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । यस्तै, ७८ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए ।

जितसँगै युनाईटेड लिगको चौंथो स्थानमा उक्लिएको छ । युनाईटेडले १० खेलमा १९ अंक जोडेको छ ।

पराजित वेस्ट ह्याम १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *