खेलकुद

बायर्न र लाइपजिगको बराबरी

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाँडेका छन् ।

गएराति भएको रोमान्चक खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेको हो ।

बायर्नको घरेलु मैदानमा सुरुवाती अग्रता भने लाइपजिगले बनाएको थियो ।

खेलको १९ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए ।

तर, ३० औं मिनेटमा जामल मुसिलाले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा ल्याए ।

३४ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि बायर्न २-१ ले अघि रह्यो ।

खेलको ३६ औं मिनेटमा लाइपजिगका जस्टिन क्लुभर्टले गोल गर्दै खेल २-२ को बराबरी बनाए ।

खेलको ४८ औं मिनेटमा इमिल फोर्सबर्गले गोल गर्दै लाइपजिगलाई ३-२ को अग्रता दिलाए ।

तर, खेलको ७५ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

यस बराबरीसँगै बायर्न शीर्ष स्थानमा यथावत रहेको छ । बायर्नले १० खेलमा २३ अंक जोडेको छ ।

लाइपजिग २१ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *