एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिचसँग पराजित भएको छ । यो सिजनमा बार्सिलोनाको चौथो हार हो ।
आइतबार राति भएको खेलमा बार्सिलोना काडिचसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा काडिचलाई जित दिलाउन आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोले एक–एक गोल गरे । बार्सिलोनाले भने एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको आठौं मिनेटमा गिमेन्जले गोल गर्दै काडिचलाई अग्रता दिलाए । ५७ औं मिनेटमा पेड्रोले आत्मघाती गोल गर्दा बार्सिलोना बराबरी स्थितिमा पुग्यो । ६३ औं मिनेटमा नेग्रेडोले गोल गर्दै काडिचलाई २–१ गोलको जित दिलाए ।




