काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टी-२० खेल जितेको छ । शुक्रबार भएको पहिलो खेल भारतले ११ रनले जितेको छ । भारतले दिएको १६२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १५० रन मात्र बनाएपछि भारत ११ रनले विजयी भएको हो ।
अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ३५ रन बनाए भने डी आर्ची शर्टले ३४ रन बनाएका थिए । त्यस्तै मोइस हेनरीक्वेजले ३० तथा स्टिभ स्मिथले १२ रन बनाएका थिए । त्यस्तै सीन एबोट र मिचेल स्वेपसनले १२-१२ रन बनाएका थिए ।
त्यसैगरी भारतीय बलर युजवेन्द्र चहल र टि नटराजनले ३-३ विकेट लिएका थिए भने दीपक चहरले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।
भारतका लागि केएल राहुलले सर्बाधिक ५१ रन बनाए भने रविन्द्र जडेजाले अविजित ४४ रन बनाए । त्यस्तै सन्जु सामसनले २३ तथा हार्दिक पाण्डेयले १६ रन बनाए ।
अस्ट्रेलियाका बलर मोइस हेनरीक्वेजले ३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए । त्यस्तै एडम जाम्पा र मिचेल स्वेपसनले एक एक विकेट लिएका थिए ।
योसँगै तीन खेलको सिरिजमा भारत १-० ले अगाडी रहेको छ । अब दोस्रो टी-२० खेल आइतबार हुने छ ।
यसअघि सम्पन्न एकदिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले जितेको थियो ।




