एजेन्सी । लिभरपुल र पोर्चुगलको एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
मंगलबार राति भएको समूह ‘डी’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई १–० ले हराउँदै लिभरपुल १६ भित्र परेको हो ।
समूह ‘सी’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग गोलरहित बराबरी खेलेको पोर्चुगलको एफसी पोर्टो पनि नकआउट चरणमा पुगेको छ । यो समूहबाट म्यान्चेस्टर सिटी यसअघि सुपर सिक्सटिनमा पुगिसकेको छ ।
यसैगरी, समूह ‘बी’ को खेलमा युक्रेनको शख्तरले स्पेनको रियाल मड्रिडलाई २–० ले हरायो । इटालीको इन्टर मिलानले जर्मनीको बोरुसिया एम्ब्याचलाई ३–२ ले पराजित गर्यो ।




