काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । उनले मंगलबार जनकपुर शिवबानीका अभिषेक लामासँग विवाह गरेकी हुन्।
उनको बिहेमा नेपाली फुटबल टोलीका अन्य खेलाडीहरुको पनि उपस्थिति थियो।
सात वर्षदेखिको प्रेम सम्बन्धलाई रेनुका र अभिषेकले विवाहमा परिणत गरेका हुन् ।




