इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् ।
आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेर अंक बाँडेका हुन् ।
चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।
खेलको १० औं मिनेटमा टिमो वेर्नेरले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि चेल्सीले अग्रता बनाउने मौका गुमाएको थियो ।
खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् ।
बराबरीसँगै टोटेनहम भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ ।
१० खेलमा १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।




