खेलकुद

डिएगो म्याराडोनाको शवसँग फोटो खिच्ने कर्मचारीको गयो जागिर

एजेन्सी । हालै निधन भएका अर्जेन्टिनाका पूर्वफुटबलर डिएगो म्याराडोनाको शवसँग फोटो खिच्ने एक कर्मचारीले जागिर गुमाएका छन् ।

शवको अन्त्येष्टि गर्ने क्यालउडिओ फर्नान्डेजले म्याराडोनाको शवसँग फोटो खिचाएका थिए। उनको अन्य फोटोमा आफ्ना छोरा तथा सहकर्मीसँगै उनले कफिनसहितको पोज दिएको देखिएको छ।

उनले एक हातले ‘थम्बअप’ र अर्को हातले खुला कफिनको बाकसभित्र रहेको म्याराडोनाको शवको निधारमा छोएको फोटो खिचेएका थिए। उनको यो कार्यको अन्तर्राष्ट्रिय रुपमा विरोध भएपछि क्लाउडिओले क्षमायाचना गरेका छन्।

उनले आफ्नो यस किसिमको फोटो खिचाउने कुनै योजना नरहेको बताएका छन्। उनले आफ्नो यस किसिमको अपमानजनक फोटोका लागि माफी दिन सबैलाई आग्रह गरेका छन्। उनले आफूले म्याराडोनाको परिवारको नजिकै रहेर लामो समय काम गरेकाले उनीप्रति आफ्नो सदैव सम्मान रहने बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *