प्रिमियर लिग फुटबलमा आज (आइतबार)टोटेनहम र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ भने चेल्सी पनि खेल आफ्नो पोल्टामा पार्दै शिर्षस्थानमा उक्लिने दाउमा छ ।
लिगमा नौं खेल खेलेको टोटेनहम २० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । चेल्सी पनि बराबरीमा खेल खेलेर १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको लिभरपुलको २१ अंक छ ।




