काठमाडौं । नेपाली टोली लिग स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत सन्दीपले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् ।
गत बुधबारदेखि टाउको दुख्ने, थकाई महसुस हुने भएपछि उनले पिसिआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताएका छन् ।
लामिछानेले बुधबारको तुलनामा अहिले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको र चाँडै कोरोना पराजित गरी बन्द प्रशिक्षणमा सहभागी हुने उनले विश्वास व्यक्त गरेका छन् ।




