काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु गरेको छ । ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।
गत शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडीमध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीनजनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो ।
क्यानले अनिलकुमार शाह, कुशल भुर्तेल, लोकेश बम र बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको हो । यसअघिको बन्द प्रशिक्षणमा यी तीनैजना खेलाडी अटाएका थिएनन् ।




