फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ ।
समूह चरणको चौथो खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले निर्णायक गोल गरे । नेयमारले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बनेको थियो ।
जितसँगै पीएसजीलाई अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनेको छ । लिगमा चार खेल खेलेको पीएसजी ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
पराजित लाइपजिगको पनि ६ अंक छ ।




