खेलकुद

बार्सिलोना मेस्सीबिनै डाइनामो किभसग् भिड्दै

कप्तान तथा स्टार खेलाडी लिओनल मेस्सीबिनै स्पेनिस क्लब बार्सिलोनाले आज (मंगलबार)राति च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको तेस्रो खेल खेल्दै छ । चोटको कारण मेस्सीले यो खेल गुमाउन लागेका हुन् ।

बार्सिलोनाले युक्रेरियन क्लब डाइनामो किभसँग प्रतिस्पर्धा गर्दैछ । डाइनामाेको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै बार्सिलोना आफूलाई अन्तिम १६ मा प्रवेश गर्ने दाउमा रहेको छ । यता, डाइनामो पनि आजको खेल आफ्नो पोल्टामा पार्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

लिगमा समूह ‘जी’मा रहेको बार्सिलोना तीन खेलमा ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इटालियन क्लब युभेन्ट्सको ६ अंक रहँदा बाँकी दुई क्लबको समान एक-एक अंक रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *