फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले आज (मंगलबार) राति च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको चौथो खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ ।
गत सिजनको साविक उपविजेतासमेत रहेको पीएसजीले घरेलु मैदानमा लाइपजिगको सामना गर्न लागेको हो । खेल नेपाली समयानुसार राति १:४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । पीएसजीलाई च्याम्पियन्स लिगमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायम गर्नको लागि आजको खेलमा जित आवश्यक छ ।
यता, लाइपजिग पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशका गर्ने योजनामा रहेको छ ।
लिगमा लिगमा समूह ‘एच’मा रहेको पीएसजीले तीन खेलबाट ३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । यता, लाइपजिग भने ३ खेलमा ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।




