खेलकुद

लिभरपुलसँग हार्‍यो लेष्टर

 इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

एनफिल्डमा जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो ।खेलको ४१ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

जितसँगै ९ खेलमा २० अंकसहित लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *