खेलकुद

एट्लेटिकोसँग हार्‍यो बार्सिलोना

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्यूरी समयमा करास्कोले गरेको गोल नै खेलको निर्णायक बन्यो ।

बार्सिलोनाको यो सिजनको तेस्रो हार हो ।

बार्सिलोनालाई पराजित गरेसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा आठ खेल खेलेको एट्लेटिको २० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पराजित बार्सिलोना भने ११ अंकसहित तालिकाको १० औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *