खेलकुद

भिल्लारियलले रियल मड्रिडलाई बराबरीमा रोक्यो

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई भिल्लारियलले बराबरीमा रोकेको छ। । भिल्लारियलसँग रियल मड्रिड १–१ गोलमा रोकिँदै एक एक अंक बाँड्न पुगेका छन् ।
खेलको दोस्रो हाफमा मारिन्होले गोल गर्दै रियल मड्रिडलाई १–० गोलको अग्रता दिलाएका थिए। तर, खेलको ७५ औं मिनेटमा रियल मड्रिडका थिबाउट काउर्टिसले सामुएल चुकवइजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि भिल्लारियलले पेनाल्टी पाएको थियो। जिरार्ड मोरेनोले पेनाल्टीबाट गोल गर्दै भिल्लारियललाई १–१ गोलको बराबरी दिलाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *