काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङलादेश गएको नेपाली फुटबल टोली बिहीवार स्वदेश फिर्ता भएको छ ।
टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेका थिए । टोलीसँगै नेपाली टोलीका कप्तान एवम गोलकिपर किरण चेम्जोङ फर्किएका छैनन ।
उनी आई लिग खेल्न बङलादेश प्रस्थान गरेका छन । नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय पनि कोरोना पोजेटिभ देखिएका कारण बङलादेशमै रहेका छन । हाल उनी ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा आईसोलेसनमा रहेका छन । उनको स्वास्थ्य अवस्था सामान्य छ ।




