काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बिग बास लिग (बिबिएल) क्रिकेट होबर्ट हरिकेन्सबाट खेल्ने भएका छन्।
होबर्ट क्लबले सन्दीपले यो सिजनको बिग बास आफ्नो क्लबबाट खेल्ने जानकारी दिएको हो। सन्दीपले यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए।
मेलबर्नले यो सिजनका लागि सन्दीपसँगको सम्झौता नविकरण नगरेपछि कुन क्लबबाट खेल्ने भन्ने टुंगो लागेको थिएन। औपचारिक रुपमा (बिहीबार) होबर्ट हरिकेन्सले सन्दीपले आफ्नो क्लबबाट बिग बास खेल्ने जानकारी दिएको हो।
बिग बासमा होर्बटले आफ्नो पहिलो खेलमा सिड्नी सिक्सर्ससँग डिसेम्बर १० तारिखमा प्रतिस्पर्धा गर्दैछ।




