काठमाडौं । ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न दक्षिण अमेरिकी क्षेत्रको विश्व कप छनौटअन्तर्गतको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरको हो ।
ब्राजिलको जितमा अर्थर मेलो र रिचार्लिसनले एक एक गोल गरेका थिए । खेलको ७१औ मिनेटमा एडिन्सन कभानीले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो ।
कोरोना संक्रमणका कारण उरुग्वेका लुइस स्वरेज खेलेका थिएनन् भने ब्राजिल पनि नेइमारबिनै खेलेको थियो ।
ब्राजिल अहिलेसम्म खेलेका चारै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ । उरुग्वे भने चार खेलमा ६ अंकसहित चौथो स्थानमा छ ।




